+
+

दशैंपछि बैंकको ऋण लगानी ठप्प

२० अर्बले घट्यो निक्षेप

रोयल आचार्य रोयल आचार्य
२०७८ कात्तिक ८ गते २०:४५

८ असोज, काठमाडौं । दशैंपछि कमर्सीयल बैंकहरुको ऋण लगानी ठप्प देखिएको छ । पछिल्ले एक सातामा बैंकहरुको कर्जा लगानी बढ्न नसकेको नेपाल बैंकर्स संघले जनाएको छ ।

संघका अनुसार असोज मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो । कात्तिक महिनाको ५ गतेसम्म आइपुग्दा पनि बैंकहरुले कर्जा लगानी बढाउन सकेका छैनन् । अर्थात असोज मसान्तमा भएको ३९ खर्ब ९८ अर्ब रुपैयाँमात्रै कर्जा लगानी रहेको छ ।

बैंकको कर्जा लगानी ठप्प देखिए पनि निक्षेप संकलन भने घटेको छ । एक साताको अवधिमा निक्षेप २० अर्बले घटेको संघले जनाएको छ । संघले उपलब्ध गराएको तथ्यांक अनुसार बैंकहरुको निक्षे असोज मसान्तसम्म ४२ खर्ब ६९ अर्ब रुपैयाँ थियो । ५ कात्तिकसम्म आइपुग्दा बैंकहरुको निक्षेप २० अर्बले घटेर ४२ खर्ब ४९ अर्ब रुपैयाँमा झरेको छ ।

बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा दशैं पछाडि बैंकहरुको लगानी नबढेको बताउँछन् । चाडवाड लगत्तै भएका कारण पनि लगानी नबढेको उनको भनाई छ । तर यसको कारण भने अहिले बजारमा देखिएको तरलताको समस्याका नभएको उनले बताए ।

भर्खरै दशैं सकिएको र चाडवाड लगत्तै भएकाले कर्जा लगानी नबढेको उनले बताए । लगानी गर्नका लागि केही बैंकहरु अहिले पनि ‘कन्फरटेवल’ नै रहेको उनी बताउँछन् ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?