+
+

ठूलो भर्‍याङबाट यातायात कार्यालय सार्ने तयारी

आर्थिक चलखेलमा परी कार्यालय सार्न खोजेको स्थानीयको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते २०:२१

८ असोज, काठमाडौं । यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र)को ठूलो भर्‍याङ कार्यालय स्थानान्तरण गर्ने तयारी गरिएको छ । पाँच वर्षदेखि नागार्जुन नगरपालिका–१० मा भाडाको घरमा यातायात कार्यालय सञ्चालन हुँदै आएको थियो । आगामी पुस महिनामा करार अवधि सकिन लागेपनि कार्यालयले नवीकरण गरेको छैन ।

कार्यालय स्थानान्तरणका लागि नयाँ घर खोजिएपछि स्थानीयहरुले कार्यालय स्थानन्तरण गर्न नहुने माग राखेको स्थानीय सामुदायिक सेवा समितिका अध्यक्ष प्रताप दानी बताउँछन् । कार्यालय सञ्चालनका लागि भाडामा घर आवश्यक परेको भन्दै कार्यालयले दशैंअघि सिलबन्दी बोलपत्र प्रस्ताव आह्वान गरेको थियो । बोलपत्रमा चार जना घरधनी सहभागी भएपनि मापदण्डमा नपरेको भन्दै दुईवटा मात्रै अन्तिम छनोटमा सहभागी भएका थिए ।

दुई घरधनीमध्ये एक जना अहिलेकै घरधनी र अर्को कलंकीका घरधनी थिए । क्षेत्रफल ठूलो भर्‍याङकै धेरै भएको र रकम पनि ठूलो भर्‍याङका घरधनीले कम प्रस्ताव गरेका छन् । घरधनी वरुण आचार्यका अनुसार ठूलो भर्‍याङमा १ लाख ९५ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । कलंकीमा भने २ लाख २५ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

कम क्षेत्रफलमा महँगो भाडा तिरेर कार्यालय स्थानान्तरण गर्न लागिएको भन्दै स्थानीयहरुले असन्तुष्टि जनाएका छन् । ‘पहिले यहाँ पार्किङको समस्या थियो, अहिले त्यो सबै समाधान भइसकेको छ, भौतिक पूर्वाधारहरु पनि धेरै बनेका छन्,’ सेवा समितिका अध्यक्ष दानी भन्छन्, ‘यस्तो अवस्थामा स्थानीयको रोजीरोटी नै गुम्ने गरी कार्यालय स्थानान्तरण गरिनुहुँदैन भन्ने स्थानीयको माग छ ।’

स्थानीय आशाजित शाक्य कार्यालयको घर सार्न आर्थिक चलखेल भएको हुनसक्ने आशंका व्यक्त गर्छन् । अहिले करोडौं लगानी भएको ठाउँमा सस्तो भाडामा घर उपलब्ध हुँदाहुँदै पनि आर्थिक प्रलोभनमा परेर कार्यालय सार्न लागिएको उनको आरोप छ । स्थानीयले विरोध गरेको झुठो हल्ला समेत कार्यालयले फैलाएको उनी बताउँछन् ।

‘३० हजार सस्तोमा अहिले कार्यालय भएकै ठाउँमा घर पाउँदा पनि किन सार्न खोजिँदैछ त्यो हेर्दा नै प्रष्ट भइहाल्छ नि’ उनी भन्छन् । कार्यालय स्थानान्तरणका विषयका सोमबार मात्रै पनि स्थानीयहरुसँग छलफल भएको थियो । छलफलमा कार्यालयका प्रमुख सञ्जय थापाले माथिबाटै सूचना निकाल्नु भनेकाले आफूले घर चाहिएको सूचना निकालेको शाक्यले बताए । तर महँगोमा बिड गरेको घरमा किन कार्यालय सार्न लागियो भन्ने कुराको जवाफ भने कार्यालय प्रमुख थापाले दिन नसकेको उनले बताए ।

कार्यालय प्रमुख थापाले अहिलेको घरभाडाभन्दा नयाँ सार्न लागिएको घर थोरै महँगो भने भएको स्वीकार गरे । तर मासिक १ लाख ५४ हजारमा पाए अहिलेकै घर नवीकरण गर्न खोजेपनि १ लाख ९६ हजार घरबेटीले मागेकाले नयाँ घर खोज्न सूचना निकाल्नु परेको उनको भनाइ छ ।

आर्थिक चलखेल भएको भन्ने आरोप पनि सबै निराधार रहेको थापाले बताए । घरको भाडा आफूले नभई इञ्जिनियरले मूल्यांकन गर्ने भन्दै उनले सुविधाका हिसाबले नयाँ घर उपयुक्त भएको बताएका छन् । ‘मैले आज मात्रै राजनीतिक दल, स्थानीय बासिन्दाहरुलाई पनि यो विषयमा बुझाएको छु,’ उनले भने, ‘मैले मूल्यांकन गर्ने होइन, इञ्जिनियरहरुले गर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?