+
+

नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक क्षेत्रीले सम्हाले कार्यभार

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १२:४९

९ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक राजकुमार क्षेत्रीले कार्यभार सम्हालेका छन् । यसअघि उनी प्राधिकरणको निमित्त महानिर्देशक थिए ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उनलाई महानिर्देशक पदमा नियुक्त गरेको हो । यसअघि राजन पोखरेल सेवा निवृत्त भएसँगै कार्यबाहक नेतृत्व उनले गरिरहेका थिए । प्राधिकरणमा उनी सबैभन्दा सिनियर कर्मचारी हुन् । क्षेत्रीले यसअघि त्रिभुवन विमानस्थलको महाप्रबन्धक पदको जिम्मेवारी सम्हालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?