+
+

सर्वोच्चमा आज पनि भएन मुद्दाको सुनुवाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १९:२७

९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर ती कुनै पनि इजलासमा मुद्दा सुनुवाइ भएको छैन ।

मंगलबार प्रधानन्यायाधीश जबरासँग भेटेका सर्वोच्च अदालतका न्यायाधीशहरुले उनलाई राजीनामा दिन आग्रह गरेका थिए । तर प्रधानन्यायाधीश जबराले आफूले सडकमा माग गरिएको भरमा राजीनामा नदिने जवाफ दिएका छन् ।

त्यसपछि सर्वोच्चका न्यायाधीशहरु पुनः छलफलमा बसेका थिए । पछिल्लो छलफलले पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छ भन्ने निश्कर्ष निकालेको एक न्यायाधीशले जानकारी दिए । सर्वोच्चमा मंगलबार प्रधानन्यायाधीशबाहेक १५ न्यायाधीश उपस्थित छन् ।

उनीहरुले बुधबार पनि साढे ११ बजे छलफलमा बस्ने जनाएका छन् । सर्वोच्च अदालतका न्यायाधीशले सोमबारदेखि प्रधानन्यायाधीशले तोकेको इजलास बहिस्कार गरेका छन् । प्रधानन्यायाधीश न्यायाधीशको विवादका कारण दुई दिनदेखि सर्वोच्च अदालतबाट मुद्दाको सुनुवाइ रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?