+
+

ताइवान मुद्दामा सँधै चीनको समर्थन गर्छौं : इमरान खान

पाकिस्तान र चीन सँधै विश्वासिलो 'आइरन ब्रदर्स' : सी जिनपिङ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १७:२२

९ कात्तिक, काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको टेलिफोन कुराकानीमा द्विपक्षीय सम्बन्धलाई प्रशंसा गरेका छन् ।

सीले खानसँग मंगलबार भएको टेलिफोन कुराकानीमा चीन र पाकिस्तानबीचको ‘आइरन ब्रदर्स’ सम्बन्धलाई प्रशंसा गरेका हुन्। अन्तर्राष्ट्रिय परिदृश्यमा जे-जस्तो परिवर्तन आए पनि पाकिस्तान र चीन सँधै विश्वासिलो ‘आइरन ब्रदर्स’ हुने सीको भनाइ थियो।

विश्वमा अस्थिरता र खतरा बढ्दै गइरहेको अवस्थामा दुबै मुलुक एकजुट हुनुपर्ने, रणनीतिक सहकार्य प्रवर्द्धन गर्नुपर्ने र नयाँ युगमा साझा भविष्यसहित चीन-पाकिस्तान सम्बन्ध निर्माण गर्नुपर्ने सीको भनाइ थियो।

चीनले पाकिस्तानलाई उसको वास्तविकतासँग मेल खाने विकास मार्ग पहिचानमा सघाउने भन्दै चिनियाँ विकासले सिर्जना गरेका अवसर साटासाट गर्ने पनि सीले बताए ।

कोभिड-१९ विरुद्धको लडाइँ, चीन-पाकिस्तान आर्थिक कोरिडर निर्माण र कृषि, डिजिटल अर्थतन्त्रसहित अन्य क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्न पाकिस्तानलाई चीनले सघाउने सीको भनाइ थियो ।

त्यस्तै, टेलिफोन कुराकानीमा आतंकवादविरुद्धको लडाइँ र सुरक्षा अवस्था सुधार्ने कार्यमा दुबै मुलुकले सहकार्य गर्नुपर्ने कुरालाई सीले जोड दिएका थिए ।

यस्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सीको भनाइप्रति सहमति जनाउँदै विश्वले सामना गरिरहेका समस्या समाधानमा पाकिस्तान र चीन मिलेर काम गर्नुपर्ने बताएका थिए ।

एक चीन नीतिप्रति पाकिस्तान अडिग रहेको र ताइवान, हङकङ र सिनजियाङ तथा मानव अधिकारप्रति चीनको अडानलाई आफूहरुले समर्थन गर्ने पनि खानले प्रस्ट पारे ।

‘आइरन ब्रदर्स’ सम्बन्ध के हो ?

चीन र पाकिस्तानले आपसी सम्बन्धलाई ‘आइरन ब्रदर्स’को अवधारणाबाट व्याख्या गर्दै आएका छन् । विगत सात दशकदेखि जारी मैत्रीपूर्ण सम्बन्धलाई विशेष जोड दिने क्रममा उक्त अवधारणा ल्याइएको हो ।

लामो समयदेखि कूटनीति, अर्थतन्त्र, शिक्षा, सांस्कृति र खेलकुदमा सहकार्य गर्दै आएका चीन र पाकिस्तानले एक-अर्कलाई ‘आइरन ब्रदर्स’ भनेर सम्बोधन गर्छन् ।
सन् १९५० देखि कूटनीतिक सम्बन्ध कायम गरेका दवै मुलुकले एक-अर्कलाई घनिष्ट रणनीतिक सहयोगी ठान्छन् । सीजीटीएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?