
९ कात्तिक, काठमाडौं । प्रथम धादिङ जिल्लास्तरीय टी-२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
आयोजक धादिङ जिल्ला क्रिकेट संघले मंगलबार पत्रकार सम्मेलन गरी यही कात्तिक ११ देखि १८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जनाएको छ । प्रतियोगितामा धादिङ जिल्लाका १४ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
सार्वजनिक खेल तालिका अनुसार कात्तिक ११ गते प्रतियोगिताको उद्घाटन खेलमा हाम्रो जनहित युवा समाज र कारु मेमोरियल ट्रस्ट प्रतिस्पर्धा गर्ने भएका छन् ।
यस्तै सोही दिन धादिङ समाज, धादिङ र गजुरी सामुदायिक विकास समाजबीच दोस्रो खेल हुनेछ ।
सहभागी १४ टिमलाई ४ समूहमा विभाजन गरेर प्रतियोगिता खेलाइनेछ । खेलहरु धादिङको चन्द्रोदय माविको खेलमैदान र बेनीघाट रोराङ विशालटारमा हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4