+
+

बैंकिङ कसूर मुद्दामा ७३ लाख जरिवाना तोकिएकी महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १६:५३

१० कात्तिक, काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेकी एक महिलालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ घर भई काठमाडौंको टोखा नगरपालिका–५ बसुन्धरा बस्ने ३५ वर्षीया अप्सरा खातुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चुन्नीखेलबाट बुधबार पक्राउ गरेको हो ।

उनलाई चेक अनादार मुद्दामा उच्च अदालत पाटनले सात दिन कैद र ७३ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

पक्राउ परेकी खातुनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको ब्युरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?