+
+

नेपाल एयरलाइन्सका नवनियुक्त कार्यकारी अध्यक्ष अधिकारीप्रति कर्मचारी असन्तुष्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १९:११

१० कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगममा कार्यरत छँदा विवादित छवि बनाएका युवराज अधिकारीलाई सरकारले कार्यकारी अध्यक्ष नियुक्ति गरेसँगै निगमका कर्मचारी पुनः असन्तुष्ट बनेका छन् ।

महिला कर्मचारीमाथि दुर्व्यवहारको आरोप लागेका अधिकारीको नियुक्ति बदर गर्न र योग्य, स्वच्छ छवि भएका कार्यकारी अध्यक्षको नियुक्ति गर्न कर्मचारीले माग गरेका छन् । कर्मचारीको तर्फबाट बुधबार सार्वजनिक एक अपिलमा भनिएको छ, ‘निगमका अधिकांश महिला कर्मचारी उनको नियुक्तिबाट असन्तुष्ट छन्, कर्मचारीको मनोबल खस्काउने, सीमित घेराभित्र रमाउने र कर्मचारीलाई धम्क्याउने व्यक्तिबाट कसरी निगम उकालो लाग्ने अपेक्षा सरकारले गरेको होला ?’

ती कर्मचारीका अनुसार अधिकारीले विगतमा महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गर्ने र पटक पटक माफी माग्नेजस्ता काम गरेका थिए । उनै अधिकारीलाई पुनः निगममा कार्यकारी प्रमुख बनाएर ल्याएकोमा कर्मचारी असन्तुष्ट बनेका हुन् । ‘विगतमा गरेको गल्तीमा महिला कर्मचारीको खुट्टा ढोगेका व्यक्तिलाई पुनः प्रमुखमा ल्याउँदा निगमको छवि के होला ?’ उनले प्रश्न गरे ।

अधिकारीले कर्मचारीलाई कार्यकक्षमै दुव्र्यवहार गरेको आरोप लागेको थियो । ०७४ सालमा अधिकारी निगमको अर्थ विभाग प्रमुख हुँदा महिला अधिकृतले उनीविरुद्ध तत्कालिन महाप्रबन्धक, प्रधानमन्त्री कार्यालय र महिला आयोगमा उजुरी दिएका थिए । ट्रेड युनियन, तत्कालिन मानव संशाधन विभाग प्रमुख र पीडितसमक्ष अधिकारीले माफी माग्दै मिलापत्र गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?