+
+

आर्यन खानलाई जमानतमा रिहा गर्न अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १७:०६

बलिउड नायक साहरुख खानका छोरा आर्यन खानलाई जमानतमा रिहा गर्न मुम्बइको उच्च न्यायलयले आदेश दिएको छ । मुम्बईको उच्च न्यायलयले आज बेलुकी ५ बजे यो फैसला सुनाएको हो ।

तर, उनलाई आज एक दिन भने हिरासतमा नै बिताउनुपर्नेछ । आर्यनको जमानतको विरोध गर्दै एएसजी अनिल सिंहले एनसीबीको तर्फबाट वकालत गरेका थिए । मंगलबारदेखि मुम्बईको उच्च न्यायलयमा यो बिषयमा बहस भएको थियो । आर्यनका वकिल मुकुल रोहतगीले बहस गरेका थिए । उनले, आर्यनको साथबाट ड्रग्स बरामद नभएको भन्दै उनलाई पक्राउ गर्नु गलत भएको बताएका थिए ।

आर्यनको साथमा पक्राउ परेका अरबाज मर्चेन्ट र मुनमुन धमीचालाई पनि जमानतमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

आर्यनका वकिल मुकुलले मिडियासँग कुरा गर्दै अदालतले कुन शर्तमा जमानत दिने भन्ने बिषयमा पूर्ण फैसला भोली गर्ने बताएका छन् । उनले, भोली वा शनिबार आर्यन, अरबाज र मुनमुन हिरासतबाट रिहा हुने बताएका छन् । आर्यनलाई अक्टुबर २ तारिखमा एनसीबीले मुम्बइको एक क्रुज पार्टीमा सहभागी भएको समयमा पक्राउ गरेको थियो ।

आर्यनलाई पक्राउ गरेपछि एनसीबीको बिषयमा समेत थुप्रै बिषयहरु सार्वजनिक भैरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?