

१२ कात्तिक, काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिनका अवसरमा राष्ट्रव्यापी चित्रकला प्रतियोगिता हुने भएको छ ।
‘हिमालयन फेस्टिबल अफ आर्ट एन्ड लिटरेचर’को आयोजनामा देवकोटाको जन्मदिनको अवसर पारेर चित्रकला प्रतियोगिता हुने लागेको हो ।
यस चित्रकला प्रतियोगितामा देवकोटाको चित्र कोरेर आयोजकलाई पठाउनुपर्ने बताइएको छ ।
कात्तिक १७ गतेसम्म चित्रकला पठाउन सकिने छ । प्रतियोगिले आयोजकको फेसबुक वा इमेलमार्फत आफ्नो चित्रकला पठाउन सक्नेछन्।
आयोजकलाई प्राप्त चित्रकलाहरुमध्येबाट उत्कृष्ट चित्रकलालाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने सामाजिक सञ्जालमा अत्यधिक रुचाइएको अर्को चित्रकलालाई ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
हिमालयन फेस्टिबल अफ आर्ट एन्ड लिटरेचरका अनुसार देवकोटाको सम्झनामा यो प्रतियोगिता आयोजना गरिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित