+
+

भारत नेपालको एक नम्बर मित्र हो : खानेपानी मन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १३ गते ११:५३

१३ कात्तिक, वीरगञ्ज । प्रदेश २ का खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्माले नेपालको एक नम्बर मित्र भारत नै भएको बताएका छन् । उनले भारतको स्थान कुनै पनि मुलुकले लिन नसक्ने दाबी गरे ।

‘गाउँ समाजमा मित्र, नातेदार ठूलो संख्यामा राख्छौं, एक नम्बरको एउटै हुन्छ । नेपालका लागि एक नम्बर असल मित्र भनेको भारत नै हो । अरू दोस्रो, तेस्रो हुन् ‘ उनले भने, ‘कुनै नेपाली चीन, रुस, अमेरिकाको नजिक हुन सक्छन् । तर भारतले जस्तो सहयोग अरूले गरेको छैन, गर्न सक्दैन पनि ।’

वीरगञ्जमा दीपावली तथा छठ पूजाको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री शर्माले वीरगञ्जलाई लोडसेडिङ मुक्त गर्न मुजफ्फरपुरबाट विधुत ल्याइएको र अहिलेसम्म त्यहि प्रयोगमा रहेको उल्लेख गरे । उनले रक्सौलमा डोमेष्टिक एयरपोर्ट स्थापना गराउनुपर्नेमा जोड दिए ।

नेपाल भारत विश्व मैत्री संघ पर्साले शनिबार शुभकामना आदानप्रदान कार्यक्रम राखेको थियो । मन्त्री शर्माले पटाका पड्काउन पूर्ण रूपमा निषेध गर्नुपर्नेमा जोड दिए । ‘चाडवाडमा पटाका हैन कपडा र मिठाइ बाड्नुस, ‘ उनले भने ।

कार्यक्रममा भारतीय महावाणिज्य दूतावासका शैलेन्द्र कुमारले नेपाल र भारतको सम्बन्ध विश्वका लागि उदाहयणीय भएको बताए । ‘खानपान, रहनसहन र संस्कार एकै छ । यो सम्बन्ध उदाहयणीय छ तर रोटीबेटीको सम्बन्धलाई भनेर मात्रै हैन, निभाएर देखाउनुपर्छ ,’ उनले भने ।

‘ कोरोनाकालमा दुवै देशका नागरिकले कठिन परिस्थिको सामना गर्नुपरेको बताउँदै उनले सीमामा अन्तरदेशीय नभई अन्तरराज्य जस्तो ब्यवहार गर्नुपर्ने बताए । ‘ देश दुईवटा हो तर सीमावर्ती क्षेत्रका नागरिक यसलाई दुई देश मान्दैनन् ,’ शैलेन्द्र कुमारले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?