+
+

डुंगामा बोकेर यसरी सारियो दुई तले घर

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १३ गते १९:४९

कुनै नयाँ ठाउँमा बसाइ सरेर घरजम गर्ने कुरा निकै झण्झटिलो तथा खर्चिलो काम हो । सायद यही कुरालाई मध्यनजर गर्दै क्यानडाको एक जोडीले आफू बस्दै आएको पुरानो घरलाई जुरुक्कै उठाएर डुंगामा हालेर नयाँ ठाउँमा लगेर राखेका छन् ।

क्यानडाको न्यू फाउण्डल्याण्डमा बस्ने ड्यानिली पेन्नी र उनका प्रेमी क्रिक लोभेलले भाडामा बस्दै आएको अन्त्यन्तै प्यारो तथा सपनाको महलकै रुपमा रहेको दुईतले घरलाई नयाँ ठाउँमा सार्नका लागि डुंगाको प्रयोग गरे ।

सो घर भत्काइँदैछ भन्ने सुनेका उनीहरुले आफ्नो घरलाई भत्किन दिएनन् ।

सानैदेखि पेन्नीको सपना थियो दुईतले घरको । जसबाट समुद्री किनाराको बिहंगम दृश्य र म्याकइभर्सस्थित पहाडको दृश्य देखियोस् । तर जब उनी बस्दै आएको घर घरबेटीले भत्काउन लागेको सुइँको पाइन् उनले त्यसलाई बचाएर आफ्नो सपनाको घर बनाउने निधो गरिन् ।

मिडियासँगै बोल्दै पेन्नीले भनेकी छिन्, ‘त्यो एउटा सानो हरितघर थियो । मैल यसका बारेमा मेरा साथी तथा परिवारसँग पनि कुरा गरेकी थिएँ । सबैलाई थाहा थियो कि मैले सो घरलाई मुटु भन्दापनि माया गर्थेँ ।’

त्यसपछि पेन्नी र उनका प्रेमी क्रिक लोभेलले त्यो घर नयाँ ठाउँमा सार्ने निधो गरे । पूरानो डाउँको घरलाई उखेलेर सकुशल नयाँ ठाउँमा सार्नका लागि उनीहरुलाई पूरै ८ घण्टा लग्यो । आफू त्यसक्रममा निकै आत्तिएको पेन्नी बताउँछिन् ।

सडक मार्गमा रहेका हाइ भोल्टेज विद्युत लाइन तथा अन्य विभिन्न खाले अवरोधका कारण सडक मार्गबाट घर बोकेर लैजान सम्भव थिएन । त्यसैले उनीहरुले जलमार्गबाट डुंगाको सहयोगमा घर सार्ने काम गरे । त्यसक्रममा घरलाई धातुका फ्रेमले बेरियो र तलपट्टि ब्यारेलहरु राखियो । पिँधमा नथिचियोस् भनेर टायर राखिएको थियो ।

यद्यपि डुंगामा राखेर जलमार्गबाट घर सार्ने काम पनि सहज भने भएन । घरले थिचेर डुंगा भाँचिदा घरको एउटा छेउ पानीमा डुबेको थियो । तथापि उनीहरुले उक्त घरलाई नयाँ ठाउँमा पुर्‍याएर ठड्याउन सफल भएका छन् । आफ्नो सपनाको घर नयाँ ठाउँमा पाउँदा पेन्नी र उनका प्रेमी क्रिक निकै खुसी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?