
१४ कात्तिक, काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति भएका सरोजप्रताप राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आइतबार आयोजित समारोहमा महारथी शर्माले रथी राणालाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेको बैठकले उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
रथी राणालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4