+
+

अनिताले ल्याइन् तिहार गीत ‘भैलेनी’, रचनादेखि चक्रसम्मको स्वर

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १५:२१

तिहार नजिकएसँगै तिहारसँग सम्बन्धित थुप्रै गीतहरु सार्वजनिक भएका छन् । गायिका अनिता चलाउनेले पनि तिहार गीत सार्वजनिक गरेकी छिन् । उनले शनिबार साँझ ‘भैलेनी’ बोलको तिहार गीत सार्वजनिक गरेकी हुन् । गीतमा उनीसँगै झण्डै एक दर्जन गायक-गायिकाहरुले स्वर दिएका छन् ।

उनीसँगै रचना रिमाल, एलिना चौहान, समीक्षा अधिकारी, एन्जिला रेग्मी, मेलिना मैनाली, बुद्ध लामा, रवि ओड, चक्र बम, योगेश काजी र श्रीकृष्ण बम मल्लको स्वर गीतमा सुन्न सकिन्छ । श्रीकृष्ण बम मल्लको शब्द, संगीत रहेको गीतलाई योगेश काजीले एरेन्ज गरेका हुन् ।

मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोमा गायक-गायिका स्वयंमका साथमा स्मारिका ढकाल, समारिका ढकाल, एरोना मल्ल लगायतका कलाकारहरुको अभिनय छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ । गीत र भिडियोमा तिहारको उमंगलाई प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?