+
+

प्रधानन्यायाधीशसँग वार्ता गर्न ३ न्यायाधीशलाई जिम्मा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १६:५७
न्यायाधीशहरु बाँयाबाट क्रमश : अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मा

१४ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्ता गर्न ३ न्यायाधीश तोकेका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरासँग वार्ताका लागि न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई जिम्मा दिएका छन् ।

उनीहरुलाई प्रधानन्यायाधीश जबराको बहिर्गमन कसरी सहज हुन्छ भन्ने विषयमा छलफल गर्ने जिम्मेवारी दिइएको एक न्यायाधीशले जानकारी दिए । आइतबार अपरान्ह तीन न्यायाधीशले प्रधानन्यायाधीशसँग छलफल गरेका छन् ।

न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले न्यायालयको नेतृत्व गर्न नसकेको भन्दै राजीनामालाई मुख्य एजेण्डा बनाएका छन् । उनीहरुले झण्डै एक हप्तादेखि मुद्दाको सुनुवाइ पनि गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?