+
+

साउदी अरबले ३ अर्ब डलर दिने भएपछि इमरान खानले भने : म निकै आभारी छु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १८:४६

१४ कात्तिक, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आर्थिक सहयोग स्वरुप ३ अर्ब अमेरिकी डलर दिने घोषणा गरेको साउदी अरबलाई धन्यवाद दिएका छन् ।

खानले ३ अर्ब अमेरिकी डलर आर्थिक सहायता दिने घोषणा गरेको साउदी अरबलाई धन्यवाद दिएको अल रियाद समाचारपत्रलाई उद्धृत गर्दै डनडटकमले लेखेको छ ।

‘यो वर्ष ३ अर्ब अमेरिकी डलर दिने र प्रशोधित पेट्रोलियम पदार्थका लागि १ अर्ब २० करोड डलर निकासा गर्ने घोषणा गरेकोमा साउदी अधिराज्यप्रति म निकै आभारी छ’, खानलाई उदृत गर्दै समाचारमा लेखिएको छ ।

साउदी अरबले प्रदान गर्ने आर्थिक सहयोगबाट विश्वभर बढिरहेको मूल्यवृद्धिबीच पाकिस्तानको भुक्तानी सन्तुलन कायम राख्न मद्दत पुग्ने खानको भनाइ छ । त्यस्तै, पाकिस्तान र साउदी अरबबीच लामो ऐतिहासिक सम्बन्ध रहेको पनि खानले बताएका छन् ।

यसबाहेक, मुस्लिम विश्वको एकताका लागि पाकिस्तान र साउदी अरबले भूमिका खेल्न सक्ने पनि खानको भनाइ थियो । साथै, पश्चिमी मुलुकमा इस्लाम धर्मप्रति बढ्दो खतरामाथि जोड दिँदै खानले भने- ‘पश्चिमी जगतमा इस्लाम धर्मप्रति बढ्दो खतरा सबैको चिन्ताको विषय हो । हामीले आतंकवाद इस्लाम धर्मको सक्कली अनुहार कहिल्यै नभएको र भविष्यमा पनि नहुने भएकाले सदभाव एवं शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्छौं ।’

पाकिस्तानले साउदी अरबलाई सूचना-प्रविधि, पूर्वाधार विकास तथा कृषि जस्ता क्षेत्रमा विज्ञता आदान-प्रदान गर्न र दक्ष एवं अर्धदक्ष श्रमशक्तिमा योगदान गर्न सक्ने समेत खानले बताए ।

केही दिनअघि साउदी अरबले पाकिस्तानलाई आर्थिक सहयोग स्वरुप ३ अमेरिकी डलर दिने घोषणा गरेको थियो । खानको दिनदिने भ्रमणका क्रममा पाकिस्तानलाई दिँदै आएको आर्थिक सहायता सुचारु गर्न साउदी अरब सहमत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?