+
+

सर्वोच्चका न्यायाधीशले आजदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनुवाइ गर्ने

६ वटा इजलास गठन, प्रधानन्यायाधीश जबराले आफ्नै लागि एकल इजलास तोकेनन्

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १०:५०

१५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले आजदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनहरूमा सुनुवाइ थाल्ने भएका छन् ।

न्यायाधीशहरूको निर्णयलाई सहयोग गर्ने गरी  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबार ६ वटा इजलासमात्रै गठन गरेका हुन् । प्रधानन्यायाधीश जबराले आफ्नै लागि एकल इजलास तोकेका छैनन् ।

सबै इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदन तोकिएका छैनन् ।

एउटा एकल र अर्को संयुक्त गरी बढीमा दुई वटा इजलासमा बन्दी प्रत्यक्षीकरणका निवेदन पेसी तोक्न सकिने भए पनि प्रधानन्यायाधीश जबराले धेरै संख्यामा इजलास सञ्चालित भएको देखाउन निवेदनहरू बाँडेर इजलास गठन गरेका हुन् ।

१० जना न्यायाधीशका लागि पेसी तोकिएकोमा दुई न्यायाधीशहरूलाई छुट्टाछुट्टै एकल इजलास तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?