+
+

स्वस्तिमा खड्काः एटीएम कार्ड नबोक्ने, मन्दिर नजाने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते ११:२२

नेपाली चलचित्रमा नायिका स्वस्तिमा खड्काले छुट्टै पहिचान बनाइसकेकी छिन् । चलचित्र ‘होस्टेल रिटन्र्स’बाट रजतपटमा प्रवेश गरेकी स्वस्तिमा आजको दिनमा सर्वाधिक सफल र माग भएकी नायिका हुन् । तर, नायिका खड्काको केही बानीहरु पनि उनका फ्यानहरुलाई थाहा नहुन सक्छ । नायिका स्वस्तिमा खड्काका अनुसार, उनले एटीएम कार्ड नबोकेको ४ बर्ष भन्दा बढी भयो ।

स्वस्तिमाले केही बर्ष अगाडि झापा जाँदा एटीएम कार्ड रहेको झोला हराएकी थिइन् । यसपछि उनले एटीएम कार्ड बोक्न छाडिन् । उनी भन्छिन्–‘मैले एटीएम कार्ड बोक्न छाडेपछि थाहा पाए कि बैङ्कमा त राम्रो पैसा जम्मा भएको रहेछ । एटीएम नबोक्ने हो भने पैसा कम खर्च हुने रहेछ भन्ने वुझेपछि मैले बोक्न छाडेकी हुँ ।’

स्वस्तिमाले आफूले मन्दिर गएर पूजा नगर्ने पनि सुनाइन् । भनिन्–‘म भगवान्मा आस्था राख्छु । मोबाइलको कभरमै भगवान्को फोटो छ । म भगवान्को फोटो देख्ने वित्तिकै ढोग्ने गर्छु । तर, मन्दिर नै गएर पुजा भने गरेको छैन । अब, घरमा वा आफन्तकोमा पुजाको कार्यक्रम नै भयो भने त अर्को कुरा भयो ।’

स्वस्तिमाले आजसम्म ब्रत पनि नबसेको बताइन् । बाल्यकालमा एकपटक दिउँसो १२ बजेसम्म ब्रत बसेपनि पछि खानेकुरा देखेपछि भोक लागेको उनले सुनाइन् ।

स्वस्तिमाले भनिन्–‘म भगवान् भन्दा पनि सकारात्मक इनर्जीलाई मान्छु । मन्दिर नै नगएपनि म ढोग्न चै एकदमै धेरै ढोग्छु । फेसबुक हेर्दा पनि भगवान्को फोटो देख्ने वित्तिकै ढोगिहाल्छु । मन्दिरमा गएर पैसा चढाउने कुरा मलाई मन पर्दैन । भगवान् हुनुहुन्छ भन्ने त मान्छु ।’

स्वस्तिमाका अनुसार, उनी काम नभएको समयमा बिहान ११ बजेसम्म सुत्ने गर्छिन् । तर, काम भएको अवस्थामा भने उनी बिहान ६ बजे नै उठिसक्छिन् । स्वस्तिमाले अभिनय गरेको चलचित्र ‘चिसो मान्छे’ आउँदो बर्षको वैशाख ३० गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?