+
+

एभरेष्ट बैंकको मूनाफा ७३ प्रतिशतले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १२:२४

१५ असोज, काठमाडौं । एभरेष्ट बैंकको मूनाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा करिब ७३ प्रतिशतले मूनाफामा सुधार भएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्म बैंकले ५७करोड ८८ लाख ७३ हजार रुपैयाँ कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बैंको मूनाफा ७२ दशमलव ९२ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष बैंकले ३३ करोड ४७ लाख ६४ हजार रुपैयाँमात्रै मूनाफा कमाएको थियो ।

बैंकको वितरण योग्य मूनाफा पनि १३ करोड ५९ लाख ७७ हजार रुपैयाँबाट बढेर २९ करोड ४० लाख रुपैयाँ नाघेको छ । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ ११ पैसाले बढेर २५ रुपैयाँ ९२ पैसा पुगेको छ ।

बैंकको बेस रेट र स्प्रेड रेट दुबै घटका छन् भने निस्कृय कर्जामा थोरै सुधार देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?