+
+
Shares

किन्ने हो सुन-चाँदीका सिक्का ?

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ कात्तिक १५ गते १७:४८

१५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन र चाँदीको सिक्का बिक्री शुरु गरेको छ । राष्ट्र बैंकले टक्सार विभागबाट धनतेरसको अवसर पारेर सिक्का वितरण गर्न थालेको प्रवक्ता देवकुमार ढकालले बताए ।

राष्ट्र बैंकले केही वर्ष अघि पनि सर्वसाधारणका बहुमूल्य सिक्का बिक्री वितरण गर्ने गरेको थियो । सुन तथा चाँदीको यस्ता सिक्का सर्वसाधारणले लक्ष्मी पूजाको दिनमा घरमा पूजा गर्ने चलन छ । तर विगत केही वर्षदेखि यसरी बाँड्ने क्रम रोकिएकोमा यस वर्षदेखि पुनः सञ्चालन गरिएको प्रवक्ता ढकालले बताए ।

‘हामीले पहिले नियमित रुपमा सिक्का बाँड्ने गरेका थियौं, बीचमा यो क्रम रोकिएको थियो’ प्रवक्ता ढकाल भन्छन्, ‘विशेष अवसरहरुसँगै अब हामी नियमित रुपमा वितरण गर्छौ ।’ उनका अनुसार अहिले राष्ट्र बैंकले १० ग्राम र ५ ग्रामको सिक्का उपलब्ध गराउँछ ।

यसका लागि सर्वसाधारणले बजार मूल्य अनुसार सिक्काको मूल्य भुक्तान गर्नुपर्नेछ । काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैंकले ती सिक्काको बिक्री सुरु गरेको हो ।

राष्ट्र बैंकले यस वर्षका लागि प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एक÷एक थान असर्फी सिक्का वितरण गर्ने गरेको छ । सुनको बजारमूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको हुन्छ । असर्फी व्यक्ति वा संस्था दुबैले खरीद गर्न सक्छन् ।

हेर्नुहोस् तस्वीरहरु

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?