+
+

रमन श्रेष्ठको खबरदारी : सम्मानजनक बहिर्गमनको प्रस्तावमा षडयन्त्र लुकेको छ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १२:३८

१६ कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधीशले अघि सारेको सम्मानजनक बहिर्गमनको प्रस्तावमा जालझेल र षडयन्त्र लुकेको बताएका छन् ।

राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा दिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई एक दिन पनि पदमा राख्न नहुने बताए । सम्मानजनक बर्हिगनको नाममा अनेक प्रस्ताव आएको भन्दै उनले भने, आजको निकास प्रधानन्यायाधीशको राजीनामा हो । सुधार गर्नै समय चाहियो भनेर जालझेलको शव्द प्रयोग गर्नु भएको छ ।’

उनले प्रधानन्यायाधीशसँग सम्वाद गरिरहेका न्यायाधीशहरूलाई पनि सतर्क रहन आग्रह गरे ।

इजलास बहिस्कार गरेका न्यायाधीशहरूको तर्फबाट तीन न्यायाधीशले जबरासँग वार्ता गरेका थिए । उनीहरूतर्फ संकेत गर्दै श्रेष्ठले अघि भने, सतर्क रहनुहोला, बारलाई बाइपास गरेर कुनै निर्णय नगर्नुहोला ।’

नेपाल बारका पूर्वमहासचिव समेत रहेका श्रेष्ठले जबराको नेतृत्वमा न्यायापालिका स्वतन्त्र हुन नसक्ने र भ्रष्टाचार नियन्त्रण पनि नहुने बताए । न्यायालय र स्वयं जबराको व्यक्तित्वमा थप क्षति हुन नदिन प्रधानन्यायाधीश पदबाट तत्काल राजीनामा दिनुको विकल्प नभएको श्रेष्ठले बताए । ‘राजीनामा दिनु भएन भने उहाँको व्यक्तित्वको क्षय त हुन्छ, न्यायालयको पनि क्षय हुनेछ,’ उनले भने ।

प्रधानन्यायाधीश जबराले भोलि १७ गतेसम्म राजीनामा नदिए नेपाल बार एशोसिएसनले थप आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?