+
+

पशुपति मन्दिरमा भेटिएकी बालिकाको पढाइको जिम्मा अनुपम खेरले लिने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १८:०३

१६ कात्तिक, काठमाडौं । पशुपतिनाथ मन्दिरमा भेटिएकी एक बालिकाको बलिउड अभिनेता अनुपम खेरले लिने भएका छन् ।

आरती नाम गरेकी ती बालिकालाई हिन्दी फिल्म ‘उचाइ’ छायाँकनका लागि नेपाल आएको बेला गत साता पशुपतिनाथ मन्दिर परिसरमा भेटेका थिए । मंगलबार एक ट्वीट गर्दै अनुपमले भारतको राजस्थान घर बताउँदै आरतीले आफूसँग पैसा मागेको र राम्रो अंग्रेजी बोल्ने क्षमता भएको भन्दै प्रशंसा गरेका छन् ।

ती बालिकाले आफू स्कुल जान चाहेको, तर पैसा नभएको बताएको अनुपमले उल्लेख गरेका छन् । बालिकाको पढाइको सम्पूर्ण जिम्मेवारी आफूले लिने उनले जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?