+
+

जबर्जस्ती यौन कार्यमा लगाएको आरोपमा पोखराबाट २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते २०:५१

१६ कात्तिक, पोखरा । खाजा घरमा काम लगाउने बहानामा एक महिलालाई डर धम्की दिएर यौन व्यवसायमा लगाएको आरोपमा कास्कीमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ, आँबुखैरेनी गाउँपालिका-२ घर भई हाल पोखरा महानगरपालिका-८ जाल्पा रोड बस्ने २३ वर्षीय अर्जुन पन्त र गोरखाको गण्डकी गाउँपालिका- ७, घ्याल्चोक घर भई हाल पोखरा महानगरपालिका- १४, चाउथे बस्ने २६ वर्षीय विराज रानामगर छन् ।

पोखरा महानगरपालिका- ८, जाल्पारोडस्थित संगीना खाजाघरमा ललाइफकाइ महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

पक्राउ परेका पन्त संगीना खाजाघरका सञ्चालक हुन् । ‘सोमबार राति अन्दाजी ९ बजे महिलालाई जबर्जस्ती मोटरसाइकलमा राखेर लगिरहेको अवस्थामा पक्राउ गरिएको हो,’ डीएसपी हमालले भने, ‘महिलाको उद्दार गरी आफन्तको जिम्मा लगाइसकिएको छ ।’

पक्राउ परेका उनीहरुलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?