
१७ कात्तिक, कठामाडौं । बुधबार सुन तथा चाँदीको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको प्रतितोला मूल्य ५०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँ सस्तो भएको छ ।
मंगलबार ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९१ हजार ५०० रुपैयाँ तोकिएको छ । आज तेजाव सुनको मूल्य ९१ हजार रुपैयाँ छ । यस्तै चाँदीको प्रतितोला कारोबार मूल्य आज एक हजार २२५ रुपैयाँ तोकिएको छ । मंगलबार एक हजार २५० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4