+
+

अलोकप्रिय बन्दै बाइडेन : भर्जिनियामा गभर्नरका लागि भएको चुनावमा धक्का

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १४:१७

१७ कात्तिक, काठमाडौं । मंगलबार अमेरिकका दुई राज्यमा गर्भनरका लागि चुनाव सम्पन्न भएको छ । भर्जिनिया र न्यू जर्सीमा गभर्नरका लागि चुनाव भएको हो ।

गभर्नरका लागि भर्जिनिया राज्यमा भएको चुनावमा रिपब्लिकन उम्मेदवार ग्लेन योङकिन निर्वाचित हुने निश्चित रहेको अमेरिकी मिडियाले प्रक्षेपण गरेका छन् ।

हालसम्म ९५ प्रतिशत मत गणना भएको छ र पछिल्लो मत परिणाम अनुसार योङकिनले आफ्ना प्रतिस्पर्धी डेमोक्रेटिक उम्मेदवार टेरी म्याकओलिफेभन्दा २.४ अंक बढी मत ल्याएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

योङकिनले खुशियाली मनाइरहेका समर्थकलाई आफ्नो जित ‘महत्वपूर्ण क्षण’ भनेका छन् । तर म्याकओलिफेले भने हार स्वीकारिसकेका छैनन् र आफ्ना समर्थकलाई गरेको सम्बोधनमा उनी जित्नेमा विश्वस्त देखिन्छन् ।

त्यस्तै न्यू जर्सीमा डेमोक्रेट उम्मेदवार एवं बहालवाला गभर्नर फिल मर्फी र ज्याक सियाटारेलीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

विशेषगरी भर्जिनियाको चुनावलाई बाइडेन कार्यकालमाथिको जनमत संग्रहको रुपमा हेरिएको छ । योङकिनले जीत र डेमोक्रेट उम्मेदवारको हातपछि बाइडेनको पार्टीभित्र हलचल मच्चिने छ ।

गत वर्षको राष्ट्रपतीय निर्वाचनमा भर्जिनियामा बाइडेनले १० अंकको अन्तरले जितेका थिए । सन् २०१४ देखि २०१८ सम्म भर्जिनियाको गभर्नर बनेका म्याकओलिफेको लोकप्रियता पछिल्लो समय खस्किरहेको छ ।

म्याकओलिफेले आफ्नो चुनावी अभियानमा गर्भपतनसम्बन्धी अधिकार र निर्वाचन सुधार जस्ता साँस्कृतिक विषयमाथि जोड दिएका थिए भने योङकिनले अपराध, अर्थतन्त्र, विद्यालयमा रंगभेदको व्यवस्थापन मास्कसम्बन्धी नियमबारे चर्चा गरेका थिए ।

बाइडेनले मंगलबार एक पत्रकार सम्मेलनमा आफू राष्ट्रपति भएको १० महिनापछि हुन लागेको पहिलो महत्वपूर्ण चुनावमा डेमोक्रेट पार्टीले जित्ने अनुमान गरेका थिए ।

अलोकप्रिय बन्दै बाइडेन

तर मत परिणामले उनको साबित गलत प्रमाणित गरिदिएको छ । यसैबीच पछिल्लो समय उनको लोकप्रियता खस्किँदै गएको देखिन्छ ।

बढ्दो मुद्रास्फीति, सुस्त आर्थिक पुनर्रुत्थान, संसदमा अडकिइरहेका एजेण्डा र अफगानिस्तानबाट अमेरिकी बहिर्गमन जस्ता कारणले उनी अलोपप्रिय बन्न थालेका हुन् ।

रियल क्लिअरपोलिटिकको एक सर्वेक्षण अनुसार डेमोक्रेट पार्टीबाट राष्ट्रपति बनेका बाइडेनको लोकप्रियता खस्केर ४३ प्रतिशतमा झरेको छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?