+
+

राजेश हमालले गाएको पहिलो गीत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १८:११

अभिनेता राजेश हमालले पहिलोपटक गाएको गीत सार्वजनिक गरिएको छ । उनले गाएको रोमान्टिक गीत ‘मन बुढो भएन’को भिडियो बुधबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । दीपक शर्माको शब्द तथा संगीतमा राजेशले पहिलोपटक गीत गाएका हुन् ।

नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतमा हमालका साथमा गायक सुवास पुरी तथा गायिकाद्वय एलिना चौहान र बेनिशा पौडेलको स्वर रहेको छ ।

देवेन्द्र पाण्डेले निर्देशन गरेको यस गीतको भिडियोमा हमाल स्वयंले अभिनय गरेका छन् । भिडियोमा उनले मोडल रेश्मा घिमिरेसँग अभिनय गरेका छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । चलचित्र करिअरको तीन दशकपछि हमालले पहिलोपटक गीत गाएका हुन् ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?