
१८ कार्तिक, बुटवल। कपिलवस्तुमा पेस्तोल र लागुपदार्थसहित सहित एकजना पक्राउ परेका छन् ।
जिल्लाको मायादेवी गाउँपालिका–८ स्थित बिजुवा चोकबाट प्रहरीले पेस्तोल र लागुऔषध सहित मायादेवी–६ डुमरा बस्ने २२ वर्षीय फेराज अहमद मुसलमानलाई पक्राउ गरेको हो ।
भारतिय युपी–५५ एफ ०८६६ नम्बरको मोटरसाइकलमा चाकरचौडाबाट पकडीतार्फ जादै गरेका मुसलमानको साथबाट प्रहरीले १ थान पेस्तोल, २८ वटा कार्टिज र लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए ।
मुसलमानको साथबाट ४२ चक्की स्पास्मो ,२१ चक्की नाइट्राजेपाम, भिभो मोबाइल १ थान, पेनड्राइभ ४ थान र वाइफाइ स्पिडर १ थान बरामद गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4