+
+

पोखरामा विदेशीसँग भाइटीका

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २० गते ८:१४
विदेशीसँगको भाइटीका । तस्वीर : फाइल

२० कात्तिक, पोखरा  । पश्चिमाञ्चल होटल संघ पोखरा (हान)ले तिहारका अवसरमा आज शनिबार १४औं भाइटीका महोत्सव आयोजना गरेको छ ।  लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा हुने महोत्सव दिउँसो साढे २ बजेदेखि सुरु हुने संस्थाका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

महोत्सवले कोभिड महामारीका कारण प्रभावित बनेको पर्यटन क्षेत्रमा आशा जगाउने र आपसी भाइचारा बढाउने लक्ष्य राखेको सुवेदीले बताए । उनले भने, ‘कोभिड १९ का कारण पर्यटन क्षेत्र निकै मारमा पर्‍यो । महोत्सवले आपसी भाइचार अभिवृद्धि गर्दै पर्यटन प्रबर्धन गर्न सघाउने विश्वास छ ।’

१६ वर्षदेखि निरन्तर भइरहेको भाइटीका महोत्सव कोरोना महामारीका कारण गएका दुई वर्षमा हुन सकेको थिएन । तर, यसवर्ष महामारी केही कम भएका कारण फेरि महोत्सव गर्न लागेको संस्थाले जनाएको छ ।

महोत्सवमा विदेशी पर्यटकसँग भाइटीका लगाउने कार्यक्रम रहेको महोत्सव संयोजक दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार यसवर्षको महोत्सवमा २० भन्दा बढी विदेशी पर्यटकले नेपालीसँग भाइटीका ग्रहण गर्ने लक्ष्य राखिएको छ ।

तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय लिएको यसप्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?