+
+

बंगलादेशमा नेपाली महिला क्रिकेट टोली पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते २०:५८

२२ कात्तिक, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपालको राष्ट्रिय महिला क्रिकेट बंगलादेशमा खेलेको दोस्रो अभ्यास खेलमा पराजित भएको छ ।

बंगबन्धु बीकेएसपी कप सिरिज अन्तर्गत सोमबार भएको दोस्रो खेलमा नेपाल बिकेएसपीसंग ५ विकेटले पराजित भएको हो । नेपाली टोलीले नोभेम्बरको अन्तिममा युएईमा हुने विश्वकप एसिया छनोटमा प्रतिस्पर्धा गर्दैछ र त्यसैको तयारीका लागि एक साताका लागि बंगलादेश गएको हो ।

नेपालले दिएको ४६ रनको सामान्य लक्ष्य बिकेएसपीले ५ विकेट गुमाएर १२.४ ओभरमा पूरा गर्‍यो । बिकेएसपीको जितमा सुमैयाले सर्वधिक २१ रन बनाइन् ।

नेपालको लागि कविता कुवँरले २ तथा सबनम राई र सरस्वती चौधरीले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.३ ओभरमा अलआउट हुँदै ४५ रन मात्र बनाउन सक्यो । नेपालका लागि ओपनर ज्योति पाण्डे र अप्सरी बेगमले समान १३ रन बनाए ।

नेपाललाई अलआउट गर्न बिकेएसपीका लागि मारुफ एक्लैले सर्वाधिक ४ विकेट लिइन् । यस्तै रवियाले २ तथा दिशा र शानुले समान १ विकेट लिए ।

यसअघि पहिलो खेलमा नेपालले बिकेएसपीलाई २४ रनले पराजित गरेको थियो । एक साताको भ्रमणमा नेपालले चार खेल खेल्ने तालिका छ ।

बंगलादेशबाट फर्किएपछि नेपालले कतार गएर तीन खेलको अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । त्यसपछि टी-२० विश्वकपको एसिया छनोट खेल्न युएई जानेछ । नेपालले पहिलो खेल नोभेम्बर २२ मा हङकङसंग खेल्ने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?