+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

लो ब्लड प्रेसरले पनि हुनसक्छ स्ट्रोक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते १६:५३

हामीमध्ये धेरैलाई थाहा छ कि उच्च रक्तचाप नै मस्तिष्कघात (स्ट्रोक)को मुख्य कारण हो । तर हालै गरिएको एक अनुसन्धानमा न्यून रक्तचापका कारण पनि स्ट्रोक हुने देखिएको छ ।

‘बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिन’का अनुसन्धानकर्ता डा. ह्युगो जे एप्रिसियोले गरेको अनुसन्धानबाट यो पत्ता लागेको हो । अनुसन्धानकर्ताका अनुसार न्यून रक्तचापका बिरामीमध्ये १० प्रतिशतलाई स्ट्रोकको जोखिम हुन्छ ।

कम रक्तचाप र स्ट्रोकबीचको सम्बन्ध बुझ्न वैज्ञानिकहरूले ३० हजार जना वृद्ध व्यक्तिको अध्ययन गरेका थिए, जो इस्केमिक स्ट्रोकबाट पीडित थिए ।

शोधकर्ताहरू भन्छन्,  ‘बिरामीहरूको स्वास्थ्य तथ्याङ्कले धुम्रपान गर्ने, मुटुका बिरामी वा डिमेन्सिया वा क्यान्सरबाट पीडित बिरामीहरूलाई स्ट्रोकको खतरा अझ बढी रहने गर्छ ।’

उच्च रक्तचाप मात्र होइन, कम रक्तचापले पनि स्ट्रोक निम्त्याउन सक्छ भन्ने कुरालाई यो अनुसन्धानले जोड गरेको  छ । अन्वेषकहरूले स्ट्रोकको जोखिमबाट बच्न निम्न रक्तचापमा ख्याल राख्नुका साथै यसका जोखिम कारकहरूबाट आफूलाई जोगाउन आवश्यक रहेको बताउँछन् ।

धुम्रपानबाट टाढा रहनाले स्ट्रोक मात्र नभई मुटुरोग र क्यान्सरको जोखिम पनि कम हुने अनुसन्धानले देखाएको छ ।

लो ब्लड प्रेसरबाट  बच्ने उपाय

  • खानामा नूनको मात्रा सामान्य राख्नुहोस् । शरीरको रक्तचापलाई सामान्य राख्न नूनले महत्त्वपूर्ण भूमिका खेल्छ ।
  • दिनभरि कम्तीमा ८ गिलास पानी वा अन्य तरल पदार्थ (दूध, जुस, लस्सी) खाई शरीरलाई हाइड्रेटेड राख्नुहोस् ।
  • तनाव लिनबाट बच्नुहोस् र चुरोट, रक्सी तथा अन्य मादक पदार्थबाट टाढा रहनुहोस् ।
    आफ्नो आहारमा हरियो सागसब्जी र फलफूललाई अनिवार्य समावेश गर्नुहोस् ।
    उच्च कार्बोहाइड्रेट भएका चिजहरू नखानुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?