+
+

प्रदेश २ मा दुई वटा अध्यादेश जारी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते १८:४४
प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्र

२३ कात्तिक, जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार दुई वटा अध्यादेश जारी गरेका हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख मिश्रले प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेको उनको कार्यालयले जनाएको छ ।

राजविराजमा कृषि विश्व विद्यालय र वीरगंजमा प्राविधिक विश्व विद्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढाउन प्रदेश सरकारले ९ कात्तिकमा अध्यादेश सिफारिस गरेको थियो ।

कृषि तथा प्राविधिक क्षेत्रका उच्चस्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक सम्बन्धी अध्ययन अनुसन्धानलाई समय सापेक्ष, व्यापक, व्यवहारिक र स्तरीय बनाउन प्रदेश स्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएको अध्यादेशमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?