+
+

पाँच दलीय गठबन्धन आउँदो चुनावसम्म : राष्ट्रिय जनमोर्चा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते १९:०२

२३ कात्तिक, काठमाडौं । राष्ट्रिय जनमोर्चाले अहिलेको सत्तारुढ गठबन्धन आगामी चुनावसम्म निरन्तर लैजानुपर्ने बताएको छ ।

उपाध्यक्ष दुर्गा पौडेलले मंगलबार एक विज्ञप्ति जारी गरी नेकपा एमालेले प्रतिगमनलाई मद्दत पुग्ने, राष्ट्रियतामाथि आघात पुर्‍याउने तथा देशलाई अधिनायकवादतिर लैजाने दृष्टिकोणले संविधानमा संशोधन गर्न प्रयत्न गर्ने सम्भावना भएको भन्दै गठबन्धनलाई चुनावसम्म कायम राख्नुपर्ने बताएकी छन् ।

सोमबार सत्तारुढ गठबन्धनमा रहेका पाँच दलको बैठकमा पनि उपनिर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाने सहमति भएको राष्ट्रिय जनमोर्चाले बताएको छ । ‘हाम्रो स्पष्ट मत छ कि त्यसरी नै प्रतिगमनलाई पराजित गर्नु सम्भव हुनेछ’ उपाध्यक्ष पौडेलले भनेकी छन् ।

राष्ट्रिय आवश्यकताअनुसार अन्य पक्षहरुसित पनि आन्दोलन वा चुनावमा सहमति गर्दै आएको भन्दै राष्ट्रिय जनमोर्चाले पाँच दलीय सहमतिलाई पनि इमान्दारितापूर्वक कार्यान्वय गर्ने उल्लेख गरेको छ

सरकारमा सहभागी नभए पनि अहिलेको सरकारलाई आफूहरुको समर्थन रहेको भन्दै राष्ट्रिय जनमोर्चाले गलत कामको भने विरोध गर्ने बताएको छ । जनमोर्चाले सोमबार पाँच दलीय बैठकले गठन गरेको समन्वय समिति सरकार सञ्चालनसम्बन्धी संयन्त्र नभई गठबन्धनको कामलाई व्यवस्थित र प्रभावशाली बनाउनको लागि भएको पनि बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?