

फाइल तस्वीर
२३ कात्तिक, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा काठमाडौंबाट हेटौंडा आइरहेको ट्याक्सी खस्दा एकजनाको ज्यान गएको छ ।
ना २ ज २९६८ नम्बर ट्याक्सी सडक बाट १ सय मिटर तल खसी दुर्घटना हुँदा पर्सा जिल्लाकी ३५ वर्षीया शिव जानकी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालकसहित दुई जना घाइते भएका छन् । घाइते हुनेमा पर्सा जिल्लाका ४० वर्षीय चालक सुरेन्द्र महतो गम्भीर घाइते छन् भने ट्याक्सीमा सवार सर्लाही जिल्ला भएका ४१ वर्षीय रामचन्द्र शाह सामान्य घाइते भएका छन् ।
महतोको काठमाडौंमा उपचार भइरहेको छ भने शाह डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment