+
+

वीरगञ्जमा छठपर्वको रौनक (फोटो फिचर)

शंकर गिरी शंकर गिरी
२०७८ कात्तिक २३ गते २०:१८

२३ कात्तिक, वीरगञ्ज। तराईमा छठ पर्वको आफ्नो छुट्टै महत्व छ । आज कात्तिक शुक्ल पञ्चमीका दिन ‘खरना’को रुपमा छठ पर्व मनाइँदैछ । पञ्चमी तिथिका दिन आज ‘खरना’ को रुपमा ब्रतालुहरुले यो पर्व मनाउँछन् । आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवता र छठीदेवीलाई चढाई ब्रतालुहरुले त्यही खिर खाने गर्दछन् । यो विधिलाई ‘खरना’ भनिएको हो ।

छठ पर्वलाई लक्षित गरी वीरगञ्जमा रहेका घडीअर्वा, नगवा, रानीघाट, मुर्ली, छपकैयालगायतका पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सजाइने काम गरिएको छ ।

षष्ठी तिथीका दिन अर्थात बुधबार छठको मुख्य दिन मानिन्छ । यसदिन साँझ ब्रतालु नदी, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुग्छन् । निर्जल र निराहार व्रत बसेका उनीहरुले अस्ताउदो सूर्यलाई अर्घ दिन्छन् । सप्तमीका दिन अर्थात बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ ।

छठ पूजा गर्नाले सुख समृद्धि, पुत्र प्राप्ति र मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ । पछिल्लो समय तराई-मधेशमा मात्रै नभई नेपालका पहाडी क्षेत्रमा पनि यो पर्व मनाउन थालिएको छ ।

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?