+
+

‘कमेडी च्याम्पियन २’ का फस्ट रनरअप बिक्कीलाई मातृशोक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते २०:३८

‘कमेडी च्याम्पियन २’मा सहभागी भएर दर्शकको मन जितेका कमेडियन विक्की अग्रवाललाई मातृशोक परेको छ । उनकी आमा दुर्गा मगरको गत मंगलबार निधन भएको छ ।

विक्की भारतको सिक्किम निवासी हुन् । विक्की र उनकी आमा दुर्गा भाइटीकाको दिन नेपाल आएका थिए ।

सोमबार बेलुकी कोठामा अचेत भएपछि उनलाई उपचारका लागि चाबहिलको मेडिकेयर अस्पताल पुर्‍याइएको थियो । चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । उनी उच्च रक्तचाप र मधुमेहको बिरामी थिइन् ।

विक्कीका बुबा र दाजु नेपाल आएर दुर्गाको शवलाई सिक्किम लगेको सञ्चारकर्मी तथा ‘कमेडी च्याम्पियन २’का प्रतिस्पर्धी प्रभात लामाले जानकारी दिए ।

‘कमेडी च्याम्पियन २’को फाइनलमा छोराको प्रस्तुति हेर्न नेपाल आएको बेला सञ्चारमाध्यमसँग कुरा गर्दै दुर्गाले छोराले नेपालको पनि माया पाएको भन्दै खुशी व्यक्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?