+
+

मेयर पराजुलीले सुरु गरे दण्डप्रणाम यात्रा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १२:२९

२४ कात्तिक, विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले १८ औं पटक छठ पूजाका लागि घरदेखि घाटसम्म दण्डप्रणाम गर्दै यात्रा सुरु गरेका छन् ।

विराटनगर–३ ठूलोमिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरबाट बुधबार बिहान साढे ११ बजेबाट पराजुलीले सिंघिया घाटसम्म दण्डप्रणाम यात्रा सुरु गरेका हुन् । करिब दुई किलोमिटर लामो यो दुरी पार गर्न उनलाई चार घण्टा लाग्ने अनुमान छ ।

मेयर पराजुलीले कोरोनाबाट विश्व समुदायको मुक्तिका लागि व्रत बसेको बताएका छन् ।

पराजुलीसँगै उनका भतिज प्रमिश पनि दण्डप्रणाम यात्रामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?