+
+

न्यायपरिषद् सदस्यलाई बारको अनुरोध- प्रधानन्यायाधीशले बोलाएको बैठक अवज्ञा गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते ७:३९

२५ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसन (नेबाए)ले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्यायपरिषद्को बैठकमा सहभागी नहुन परिषद्का सदस्यहरुरूलाई अनुरोध गरेको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनरत एशोसिएसनले परिषद् सदस्यहरुलाई पत्र लेखेर बैठकमा सहभागी नहुन अनुरोध गरेको हो ।

पत्रमा ‘न्यायपरिषद् बैठकमा उपस्थित नभई अवज्ञा गर्न’ अनुरोध गरिएको छ । बैठकबाट प्रधानन्यायाधीश जबराले थप विकृति, विसंगतिजन्य कार्य गर्ने, गर्न लगाउने आशंका रहेको एशोसिएसनले जनाएको छ ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि एशोसिएसनले उनीविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?