+
+

सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते ११:०३

२५ कात्तिक, सप्तरी । सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

पूव पश्चिम राजमार्ग अन्तर्गत कंचनरुप नगरपालिका-२ बरमझियामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१ख ९६४२ नम्बरको बसले बीआर३८आर ८१७३ नम्बरको मोटरसाइकल र एक जना पैदलयात्रीलाई ठक्कर दिएको हो ।

बसको ठक्करले गम्भीर घाइते भएका मोटरसाइकलमा सवार भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको बलुवा-३ निवासी २२ वर्षीय राजुकुमार तिवारीलाई उपचारका लागि विराराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मोटरसाइकलमा सवार नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ३१ वर्षीय पुरुषको पनि उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको काफ्लेले बताए ।

बसको ठक्करले पैदल यात्री कंचनरुप नगरपालिका १ बरमझिया बस्ने १९ वर्षीय रोहनप्रसाद गुप्ता घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र मोटरसाइकललाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?