+
+

सर्वोच्चका सम्पूर्ण इजलासमा भोलि बहस पैरवी नगर्ने कानुन व्यवसायीहरुको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १२:२६

२५ कात्तिक, काठमाडौं । कानुन व्यवसायीहरुले भोलि (शुक्रबार) सर्वोच्च अदालतका सम्पूर्ण इजलासमा बहस पैरवी नगर्ने घोषणा गरेका छन् ।

बिहीबार सर्वोच्च अदालतमा भएको धर्नाका क्रममा प्रहरीले बल प्रयोग गरेको विरोधमा नेपाल बार एशोसिएसनले यस्तो घोषणा गरेको हो । विरोध सभामा बार महासचिव लीलामणि पौड्यालले दिएको जानकारीअनुसार भोलि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा समेत कानुन व्यवसायीहरुले बहस पैरवी गर्ने छैनन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै बार एशोसिएसनको आह्वानमा कानुन व्यवसायीहरुले बिहीबार सर्वोच्चमा धर्ना दिएका थिए ।

त्यसक्रममा प्रहरीले लाठिचार्ज गर्दा बार पदाधिकारीसहित ६ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?