 
																						फाइल तस्वीर								
											२५ कात्तिक, महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरको साहुजीपट्टीस्थित छठघाटमा छठपर्व मनाउने क्रममा साडीमा आगो लागेर गम्भीर घाइते भएकी महिलालाई काठमाडौं पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गएराति १० बजे छठघाटमा पूजाको दिप प्रज्ज्वलन गर्ने क्रममा जलेश्वर नगरपालिका-६ बस्ने ८८ वर्षीया फूलकुमारी कर्णको साडीमा आगो सल्किएकाले उनी गम्भीर घाइते भएकी थिइन् ।
आगोले महिलाको हात, खुट्टा र शरीरका विभिन्न भागमा पोलेकाले उपचारका लागि तत्काल जलेश्वर जिल्ला अस्पताल लगिएकामा थप उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको थियो । तर त्यहाँ पनि उपचार सम्भव नभएपछि गएराति नै काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4