+
+

विरोधका बाबजुत डा. थापा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १८:५२

२५ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. निरेश थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका छन् । बिहीबार सहकुलपति स्तरको निर्णय गर्दै स्वास्थ्यमन्त्री खतिवडाले अर्को व्यावस्था नभएसम्म थापालाई आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्नेगरी नियुक्ति दिएका हुन ।

स्वास्थ्यमन्त्री खतिवडाले २३ कात्तिकमा मन्त्रीस्तरीय निर्णय गरी उपकुलपति डा. मंगल रावललाई काम काज रोक्न पत्र पठाएका थिए । गत चैत २२ गते उपकुलपतिमा नियुक्त डा. रावलको विषयमा प्रश्न उठेपछि कामकाजमा रोक लगाउन मन्त्री खतिवडाले निर्देशन दिएका थिए ।

स्वास्थ्यमन्त्री खतिवडाको यो निर्णयप्रति प्रतिष्ठानका ८८ जना चिकित्सक नर्स, स्वास्थ्यकर्मी र कर्मचारीले असन्तुष्टी जनाउँदै विज्ञप्तीिजारी गरिसकेका छन् । उक्त निर्णय राजनीतिक दाउपेच रहेको भन्दै तत्काल नसच्चिए संघर्षका कार्यक्रमसहित अगाडि आउने विज्ञप्तिमा उल्लेख छ ।

भर्खरै एमबीबीएस, बीएनएस, बी फर्मालगायतका अन्य शैक्षिक कार्यक्रम सञ्चालन हुने अन्तिम चरणमा पुगेका बेला प्रतिष्ठानलाई अगाडि बढ्न नदिन राज्यले नै षड्यन्त्र गरेको उनीहरुको आरोप छ । प्रतिष्ठानमा शुरु हुन लागेका कार्यक्रमलाई प्रभावित बनाउन पूर्वाद्धमा निम्त्याइएको अस्थिरताले भर्खरै हुर्कँदै बढ्दै गइरहेको संस्थालाई धरासायी बनाउने खेल शुरु भएको विज्ञप्तिमा उल्लेख छ । यस्ता चलखेलको शिकार प्रतिष्ठानको महत्वकांक्षी बहुवर्षीय आयोजना साथै दैनिक कामकाजहरुमा समेत प्रभावित हुने विज्ञप्तिमा उल्लेख छ ।

‘प्रतिष्ठानका कामकाज रोग लगाइएको प्रति ध्यानाकर्षण भएको र स्वास्थ्य मन्त्रालयले गरेको निर्णयको कारणले प्रतिष्ठानको भविष्यमाथि नै खेलवाड भएको हुँदा हामी सम्पूर्ण शिक्षक तथा कर्मचारीहरु उक्त कार्यप्रति घोर भत्र्सना गर्दर्छौ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमका गैर जिम्मेवारीपूर्ण हस्तक्षेप तत्काल बन्द गरी प्रतिष्ठानलाई सही दिशामा अगाडि बढाउन र प्रतिष्ठानलाई थप उचाइमा पुर्‍याउन हुन नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?