+
+
Shares

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारको विरोधमा कर्णाली प्रतिष्ठानमा आकस्मिक बाहेक सेवा ठप्प

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १४:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीले अस्पताल परिसरमा हातहतियारसहित मदिरा सेवन गरी दुर्व्यवहार र धम्की दिएको भन्दै सुरक्षाको प्रत्याभूति माग गरेका छन्।
  • स्वास्थ्यकर्मीहरूले सुरक्षाको प्रत्याभूति नभएसम्म आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी दिएका छन्।
  • नेपाल चिकित्सक संघले घटनामा संलग्नमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ।

१० वैशाख, काठमाडौं । अस्पताल परिसरमा हातहतियाया सहित मदिरा सेवन गरी दुर्व्यवहार र धम्की दिएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीले सुरक्षाको प्रत्याभूति माग गरेका छन् ।

सुरक्षाको प्रत्याभूति नभएसम्म प्रतिष्ठानका स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् । युवा अभियान्ताको नाममा अस्पताल परिसरमा प्रवेश गरी विभिन्न विभागमा पुगेर कर्मचारीहरूलाई गाली–गलौज र धम्की दिएका स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रतिष्ठानका कर्मचारी तथा चिकित्सकहरूले उपकुलपतिलाई बुझाएको निवेदनमा बुधबार बिहान ९ः४५ मा आफूलाई ‘सामाजिक अभियन्ता’ बताउने केही व्यक्तिहरू अस्पताल परिसरमा प्रवेश गरी विभिन्न विभागमा पुगेर कर्मचारीहरूलाई गाली, गलौज र धम्की दिएको उल्लेख गरिएको छ ।

निवेदनअनुसार ती व्यक्तिहरूले अस्पतालमा कार्यरत कर्मचारीहरूलाई अपमानजनक व्यवहार गर्दै डर–त्रासको वातावरण सिर्जना गरेका थिए ।

कर्मचारीहरूका अनुसार उक्त समूहले अस्पतालको विभिन्न शाखामा गएर कार्यरत कर्मचारीमाथि दुर्व्यवहार गर्नुका साथै अस्पताल प्रशासन र सेवाबारे आरोप लगाउँदै धम्कीपूर्ण व्यवहार गरेको थियो । त्यस क्रममा केही कर्मचारीले आफूहरू असुरक्षित महसुस गरेको र सेवा प्रवाहमै अवरोध सिर्जना हुने स्थिति बनेको उल्लेख गरिएको छ ।

निवेदनमा उल्लेख भएअनुसार सोही घटनापछि दिउँसो करिब ३ः५० बजेतिर पुनः ती व्यक्ति अस्पताल परिसरभित्र प्रवेश गरेका थिए । उनीहरूले ड्युटीमा रहेका कर्मचारीहरूलाई धम्की दिने, आक्रामक व्यवहार देखाउने तथा त्रास फैलाउने प्रयास गरेको आरोप लगाइएको छ ।

प्रतिष्ठानमा कार्यरत चिकित्सक, शिक्षक तथा कर्मचारीहरूले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा यस्ता गतिविधि दोहोरिनु अत्यन्त गम्भीर विषय भएको बताएका छन् ।

उनीहरूले अस्पताल परिसरभित्र कार्यरत कर्मचारी तथा चिकित्सकको सुरक्षाको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने भन्दै घटनामा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न माग गरेका छन् ।

‘अस्पताल परिसरमा कार्यरत स्वास्थ्यकर्मीहरू असुरक्षित महसुस गर्ने अवस्था सिर्जना भएमा नियमित स्वास्थ्य सेवा प्रभावित हुने खतरा बढ्छ । त्यसैले अस्पताल प्रशासन तथा सम्बन्धित निकायले यस्ता गतिविधि रोक्न तत्काल प्रभावकारी सुरक्षा व्यवस्था गर्नुपर्छ,’ पत्रमा भनिएको छ ।

कर्मचारीहरूले सुरक्षाको प्रत्याभूति नदिइए कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

युवा अभियान्तालाई लिखित रूपमा माफ नमागेसम्म आकस्मिक तथा अत्यावश्यक सेवा बाहेकका बन्द रहने कर्मचारीले बताएका छन् ।

यस विषयमा ध्यानाकर्षण गराउँदै उक्त निवेदनको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला सुरक्षा कार्यालय जुम्ला तथा जिल्ला प्रशासन कार्यालय जुम्लालाई समेत पठाइएको छ ।

नेपाल चिकित्सक संघले पनि प्रेस विज्ञप्ति निकाल्दै कडा कारबाही गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?