+
+

सर्वोच्च परिसरमा प्रहरी हस्तक्षेप निन्दनीय : नेपाल कानुन समाज

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १९:१६

२५ कात्तिक, काठमाडौं । नेपाल कानुन समाजले सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि भएको प्रहरी हस्तक्षेपको विरोध गरेको छ ।

अध्यक्ष तीर्थमान शाक्यले बिहीबार एक विज्ञप्ति जारी गरी सर्वोच्च परिसरमा प्रहरीको हस्तक्षेप हुनु भत्र्सनायोग्य भएको बताएको छ ।

‘नेपालको न्यायिक इतिहासमा यसरी सर्वोच्च अदालत परिसरभित्र प्रहरी हस्तक्षेप गरेको यो पहिलो र निन्दनीय घटना हो । …यस्तो निन्दनीय घटना घटाई न्यायपालिकाको जनआस्था कमजोर पार्ने निकृष्ट कृत्य हो भने नेपाल कानून समाज ठान्दछ’ विज्ञप्तिमा भनिएको छ ।

कानुन समाजले प्रधानन्यायाधीश चोेलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले गरेको आन्दोलनमा ऐक्यवद्धता पनि जनाएको छ । ‘नागरिक समाज र देशको बौद्धिक वर्ग प्रधानन्यायाधीशको राजीनामाको पक्षमा छन् । यसप्रति नेपाल कानुन समाजले ऐक्यबद्धता प्रकट गर्दछ’ अध्यक्ष शाक्यले विज्ञप्तिमा भनेका छन् ।

न्यायालयभित्रको यो विवाद समाधान गर्न र अदालतलाई जनताको पहुँचमा पुर्‍याउन अहिले उठेका सबै विषयको जजाफ प्रधानन्यायाधीशले दिनुपर्ने कानुन समाजले बताएको छ । ‘त्यसका लागि सर्वोच्च अदालतकै न्यायाधीशहरुको समिति गठन गरी सत्य तथ्य सार्वजनिक गर्न र विद्यमान अन्यौलतालाई अन्त्य गरी जनआस्था कायम राख्न नेपाल कानुन समाज हार्दिक आह्वान गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?