+
+

झापाको लभडाँडामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते ८:५७

२६ कात्तिक, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ लभडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

प्रदेश १–०२–०४१ प २००० नम्बरको मोटरसाइकल गएराति पौने १ बजे अनियन्त्रित भएर पल्टिंदा मोटरसाइकल चालक स्थानीय २४ वर्षीय डिल्लीराम शाहीको मृत्यु भएको हो । शाहीको दमक अस्पतालमा उपचारको क्रममा राति पौने २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–२० का २५ वर्षीय रुपम तामाङ घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?