+
+

प्रदूषित धुवाँले ढाकियो दिल्ली, वायुको गुणस्तर ‘निकै खराब’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १२:३०

२६ कात्तिक, काठमाडौं । भारतको राजधानी शहर दिल्लीमा वायु प्रदूषण निकै खराब अवस्थामा पुगेको छ । आसपासका राज्यमा पराल जलाउँदा र दीपावलीमा भएको आतिशबाजीका कारण दिल्लीमा वायु प्रदूषण बढेको हो ।

शुक्रबार औसतमा दिल्लीको वायु गुणस्तर सूचकांक ३६० रहेको छ । तर, दिल्लीका कैयौं इलाका ‘जोखिमपूर्ण क्षेत्र’ (रेड जोन) बन्न पुगेका छन् । शुक्रबार बिहान दिल्लीका दुई स्थानमा वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स) ७ सय पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

शून्यदेखि ५० सम्मको वायु गुणस्तर सूचकांकलाई ‘राम्रो’ मानिन्छ । ५१ देखि १०० सम्मको सूचकांक ‘सन्तोषजनक’, १०१ देखि २०० सम्मको ‘मध्यम’ र २०१ देखि ३०० सम्मको सूचकांकलाई ‘खराब’ मानिन्छ । त्यस्तै ३०१ देखि ४०० सम्म ‘निकै खराब’ र ४०१ देखि ५०० सम्मको सूचकांकलाई ‘गम्भीर’ मानिन्छ ।

प्रतिकूल मौसमी अवस्थाका कारण उत्पन्न धुवाँका कारण वायु प्रदूषण बढेसँगै दिल्लीका कैयौं स्थानमा भिजिबिलिटी कम हुन पुगेको छ । दिल्लीको आकाशमा रहेको धुवाँ अझै एक दिनसम्म रहने सेन्टर फर साइन्स एण्ड इन्भाइरोन्मेन्टले जनाएको छ ।

केही दिनदेखि दिल्लीको वायु निकै खराब बनेसँगै मानिसले विभिन्न समस्या भोग्न थालेका छन् । विज्ञहरुले वायुमण्डलमा रहेको प्रदूषित धुवाँका कारण आपतकाल जस्तै अवस्था सिर्जना भएको भन्दै तत्काल कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।

वायु प्रदूषण हुनुमा मुख्‍य कारक बनेका सवारी साधन, उद्योग तथा सडकमा कडाइ गर्नुपर्ने विज्ञहरूको राय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?