
२६ कात्तिक, काठमाडौं। ललितपुर महानगरपालिका र धनगढी उप महानगरपालिका राष्ट्रिय महिला लिगका लागि छनव६ भएका छन् ।
अहिले भइरहेको उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको फाइनलमा पुग्दै दुई टोलीले राष्ट्रिय लिगमा स्थान पक्का गरेका हुन् ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा ललितपुरले झापाको कन्काई नगरपालिकाला२ १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । एन्फा कम्प्लेक्समा भएको खेलमा ललितपुरका लागि निर्मला विकले निर्णायक गोल गरिन् ।
यस्तै दोस्रो सेमिफाइनलमा कैलालीको धनगढी उपमहानगरपालिकाले कैलालीकै गौरिगंगा नगरपालिकालाई ४-० ले हरायो । धनगढीका लागि सिमा रावल, चन्दार भण्डारी, रेभिवा पाण्डे र सरस्वती रोकायले एक एक गोल गरिन् ।
ललितपुर र धनगढीबीच फाइनल खेल आइतबार दिउँसो १ बजे एन्फा कम्प्लेक्समा हुनेछ ।
एन्फाले गत वर्षदेखि राष्ट्रिय लिग आयोजना गर्न थालेको थियो । जसमा विधागका तीन र छनोट भएका चार गरी ७ टिमले प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये उदयपुरको चौदण्डीगढी बाहेक तीन विभागीय टिमसहित विराटनगर महानगरपालिका, रौतहट नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिकाले यस वर्ष पनि राष्ट्रिय लिगमा सोधै स्थान बनाएका छन् ।
प्रतिक्रिया 4