
२८ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्रै धर्ना सुरु गरेका छन् ।
शुक्रबार गेटबाहिर धर्नामा बसेका कानुन व्यवसायीहरुले आज भने सर्वोच्च अदालत परिसर भित्रैबाट मूल गेटमा धर्ना दिएका छन् ।
शुक्रबार बन्द गरिएको सर्वोच्च अदालत र नेपाल बार एशोसिएसन बीचको गेट आज खुल्ला छ । सोही गेटबाट कानुन व्यवसायीहरु सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए ।
उनीहरु अहिले सर्वोच्च अदालत परिसर भित्रैबाट मूल गेटमा धर्नामा बसेका हुन् । प्रधानन्यायाधीश आउजाउ गर्ने एक नम्बर गेटमा जान भने प्रहरीले दिएको छैन ।
आन्दोलनको विरोधमा रहेका प्रधानन्यायाधीश जबराका समर्थकहरुले भने बाहिरबाट प्रदर्शन गरिरहेका छन् ।
तस्वीर : आर्यन धिमाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4