+
+

प्रभु बैंकको शेयर कारोबार खुला

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १०:२४

२८ कात्तिक, काठमाडौं । रोक्का रहेको प्रभु बैंकको शेयर कारोबार खुला भएपछि आजबाट दोस्रो बजारमा पुनः किनबेच शुरु हुने भएको छ । कारोबार समयमा सञ्चालक समितिको बैठक बसेर बैंकले लाभांश घोषणा गरेपछि नेपाल स्टक एक्स्चेञ्जले कारोबार रोक्का राखेर स्पष्टिकरण सोधेको थियो ।

बैंकले गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा यस्तो कमजोरी नगर्ने प्रतिवद्धता जनाएपछि नेप्सेले शुक्रबार नै कारोबार खुला गर्ने निर्णय गरेको थियो । नेप्सेको निर्णयपछि आज आइतबार दोस्रो बजारमा प्रभु बैंकको शेयर कारोबार हुनेछ ।

प्रभु बैंकले शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर दिदैछ । सञ्चालक समितिले घोषण गर पनि राष्ट्र बैंकबाट स्वीकृति पाएर साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले प्रभु बैंकको लाभांश पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?