+
+

मिडियासँग दूरी बढाउँदै पल !

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते ११:५९
फाइल तस्वीर

गायिका समीक्षा अधिकारीसँगको प्रेम र विवाहको चर्चापछि नायक पल शाहले मिडियासँग दूरी बढाउन थालेका छन् ।

शनिबार बेलुका काठमाडौंको सोल्टीमोडस्थित एक होटलमा पल अभिनित एक गीतको भिडियो सार्वजनिक गर्ने कार्यक्रम थियो । समाचार संकलनका लागि पुगेका केही सञ्चारकर्मीलाई पल उपस्थित कार्यक्रममा प्रवेश गर्न नै नदिइएपछि उनले मिडियासँग दूरी बढाउन थालेको देखिएको हो ।

पल शाहले नै तयार पारेको सञ्चारकर्मी र मिडियाको नामका आधारमा आयोजकले खबर गरेको बताइएको छ ।

उसो त, पल शाहकै यसअघिका कैयौं म्युजिक भिडियो रिलिज कार्यक्रममा क्यामेराको ठूलै भीड लाग्ने गरेको थियो । तर समीक्षासँगको प्रेम र विवाह चर्चापछि भने उनी मिडियासँग टाढिन थालेको देखिन्छ ।

यसअघि गत वर्ष फागुनमा आयोजना भएको ‘नेफ्टा फिल्म अवार्ड’मा पुगेका पलले मिडियाको क्यामेराका हेर्दै नहेरी हलमा प्रवेश गरेको विषयले पनि चर्चा पाएको थियो । केही महिना अगाडि पनि उनले एक भिडियोको मिडिया भेटघाट कार्यक्रममा पाँच घण्टासम्म कुराएका थिए  ।

शनिबारको पत्रकार सम्मेलनमा उठेको यही प्रश्नको जवाफ दिँदै पलले आफूले मिडियालाई विभेद नगरेको बताएका छन् । उनले आफूलाई पनि आयोजकले शुक्रबार मात्र कार्यक्रमको बारेमा खबर गरेको भन्दै उनले मिडियालाई विभेद गरेको खबर झुटो भएको बताए ।

कार्यक्रमको शुरुमै भिडियोको भन्दा बाहिरको प्रश्न नसोध्न सञ्चारकर्मीलाई आग्रह गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?