+
+

कंगनाको चुनौती : म गलत भए पद्मश्री फिर्ता गर्छु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १२:१६

बलिउड नायिका कंगना रनावतले केही दिनअघि एक कार्यक्रममा भारत सन् १९४७ मा नभएर सन् २०१४ पछि मात्र स्वतन्त्र भएको बताइन् । कंगनाको यो अभिव्यक्ति सार्वजनिक भएसँगै उनको चर्को आलोचना भइरहेको छ । भारतको बिहारमा त उनीविरुद्ध नारा जुलुस नै भएको छ ।

तर, कंगनाले भने आफ्नो भनाइको बचाउ गरेकी छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफ्नो भनाइ गलत सावित भएको खण्डमा केही दिन अगाडि मात्र प्राप्त गरेको पद्मश्री अवार्ड नै फिर्ता गर्ने बताएकी छन् ।

कंगनाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मैले शहीद वीरांगना रानी लक्ष्मी बाईको फिचर चलचित्रमा समेत काम गरेको छु । स्वतन्त्रताको पहिलो लडाइँ सन् १८५७ को बारेमा मैले अनुसन्धान समेत गरेकी थिएँ । यो समयमा राष्ट्रवादको साथै राइट विंगको पनि उद भएको थियो । तर, अचानक किन सकियो ? महात्मा गान्धीले भगत सिंहलाई किन मर्न दिए ? नेताजी बोसलाई किन मारियो र गान्धीजीले उनलाई किन कहिल्यै समर्थन गरेनन् ? स्वतन्त्रताको खुशी मनाउनको साटो भारतीयहरुले किन एक अर्काको हत्या गरे ? केही जवाफ मैले खोजिरहेको छु, कृपया मलाई सहयोग गर्नुहोला ।’

कंगनाले आफू यसको नतिजा स्वीकार गर्न तयार भएको समेत लेखेकी छन् । उनले अगाडि भनेकी छन्, ‘जहाँसम्म भौतिक स्वतन्त्रता हामीसँग हुनसक्छ । तर, भारतको चेतना र विवेकको स्वतन्त्रता सन् २०१४ पछि मात्र मिलेको हो ।’

कंगनाले दिएको दोस्रो अभिव्यक्तिपछि पनि उनको आलोचना भइरहेको छ । कंगनाले भारतीय जनता पार्टीलाई सहयोग गर्ने हिसाबले देशको इतिहासलाई नै बदनाम गर्न खोजेको आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?